सिटी एक्सप्रेस र खल्ती बीच वेवसाईटबाटै रेमिट्यान्स सेवा दिने सम्झौता


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २०, २०७६

  • खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेवसाईटबाटै रेमिट्यान्स सेवा दिनेसम्बन्धि सम्झौता भएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन्।

    सम्झौताअनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले पठाउन चाहेको रकम सजिलै पठाउन सकिने छ। यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएसमार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन्। प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७५०० भन्दा बढी रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सरल रुपमा पैसा निकाल्न सक्ने बताइएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार