रुसी विमानद्वारा सिरियामा बमबारी


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ९, २०७६

  • सिरियाको इदबिल शहरमा रुसस् युद्व विमानले बमबारी गरेको छ । रुसी समाचार संस्था तासका अनुसार आतंकारीहरुलाई लक्षित गरी एरोस्पेस फोर्सको एसयू बम्बरले बमबारी गरेको हो । उक्त क्षेत्रमा आतकंकारीको अड्डा रहेको दाबी गरिएको छ । इदबिल क्षेत्रमा रुसी एरो स्पेसले आक्रमण गरेको हो ।आतंककारी गतिविधीलाई न्यूनीकरण गर्न सिरियन सरकारको आग्रहमा रुसी एसयू २४ एयरक्रफ्टले आक्रमण गरेको जनाइएको छ । हमलापछि सिरियन सैन्यलाई सो क्षेत्रमा हस्तक्षेप गर्न सजिलो भएको छ । सिरियन सेनाले आतंककारीहरुको एक ट्यांक, छ बटा सेना शवार गाडी र पाँचवटा पिक अप ट्रक ध्वस्त पारेका जनाइएको छ ।
    २० फेब्रुअरीमा सिरियाको मिनास र नायराब शहरमा रहेका सैन्य क्याम्पमा आंतककारीहरुले ठूलो आक्रमण गर्ने योजना बनाइरहेको थियो । सोही जवाफमा सिरियन सेना, टर्किस सेना र रुसी हवाई सेनाको संयूक्त मद्दतले उक्त योजना विफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार