सिरी ए अफ्रिलमा सुरु हुन असम्भव


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ३, २०७६

  • इटालियन फुटबल एसोसियन (एआईसी)का अध्यक्ष डामियानो तोमासीले जारी सिजनको सिरी ‘ए’का बाँकी खेल अफ्रिलमा सुरु हुन असम्भव भएको बताएका छन् । उनले कोरोना भाइसरको प्रभाव कम भए मे अथवा जुनमा हुन सक्ने अध्यक्ष डामियानोले बताएका छन् । यतिबेला कोरोनाका कारण इटालीका सबै खेल गतिविधि अप्रिल तीनसम्मका लागि स्थगित गरिएका छन् ।

    “यदि कोरोनाको प्रभाव सामान्य भए लिग मे अथवा जुनबाट सुरु हुन सक्नेछ,” अध्यक्ष डामियानोले भने, “हामीले फुटबलको बारेमा मात्र बोलेका छैनौ हामीले क्लब समर्थक र खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालेका हौं ।”

    उनले थपे, “यदि भाइरसको प्रभाव कम नभए लिगको विषयमा मार्च २३ मा बस्ने बैठकले थप निर्णय गर्नेछ ।” साविकको विजेता युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । २६ खेलमा ६३ अंक जोड्दै युभेन्टस शीर्ष स्थानमा रहँदा समान खेल खेलेको लाजिओ ६२ अंक सहित दोस्रो स्थानमा छ । त्यस्तै २५ खेल खेलेको इन्टर मिलान ५४ अंकसहित तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार