सुटुक्क स्वदेश फिर्ता भए प्रधानमन्त्री ओली


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सपथग्रहण कार्यक्रममा बिहीवार दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री स्वदेश फिर्ता हुँदा यसअघि जस्तो पत्रकार सम्मेलनको कार्यक्रम राखिएन ।

    स्रोतका अनुसार भ्रमण औपचारिक नभएकाले पत्रकार सम्मेलन नराखिएको हो । यसअघि प्रधानमन्त्री विदेश जाँदा र फर्किंदा विमानस्थलमा नियमित रूपमा पत्रकार सम्मेलनको आयोजना हुने गर्थ्यो ।

    जम्मा २८ घण्टाका लागि भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले मोदीको सपथग्रहणमा भाग लिनुका साथै मोदीसँग छुट्टा-छुट्टै वार्ता पनि गरेका थिए ।

    शुक्रवार विहान झन्डै आधा घण्टा भएको भेटवार्ताका वार्ताका क्रममा मोदीले दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउने चाहना व्यक्त गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । सोही भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो पनि दिएका छन् ।

    प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार