सुरक्षाकर्मी जोखिमका बीच कर्तव्यपथमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ २५, २०७७

  • काठमाडौँ, २५ जेठ । मुलुकमा कोभडि–१९ रोकथाम तथा नयिन्त्रणका लागी अग्रभागमा खटनिे सुरक्षाकर्मी उच्च जोखीमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरु कर्तव्यपालना सक्रिय छन् ।

    सङ्क्रमण रोक्न मुलुकमा ७६ दिनदेखी जारी बन्दाबन्दीको आदेश कार्यान्वयन गर्दै नागरीकको शान्ती सुरक्षामा अहोरात्र खटिएको नेपाल प्रहरी बढी प्रभावति हुन पुगेको छ । कार्यस्थलमा मानिससँग प्रत्यक्ष साक्षात्कार हुने हुँदा नेपाल प्रहरी बढी जोखिममा छ ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरिक्षक नीरजबहादुर शाही जोखिमका बीच उच्च मनोबलका साथ शान्ती सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा सरकारको आदेश पालना गर्दै सङ्क्रमण फैलनबाट रोक्न सुरक्षाकर्मी कार्यस्थलमा खटएिको बताउनुहुन्छ ।
    अझै पनि सबै प्रहरीले न्यूनतम व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्राप्त गर्न सकेको छैन । अभावका बीच प्रहरीले आफ्नो भूमिकालाई कमी हुन दिएको छैन ।

    नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि सरकारले तोकेको जिम्मेवारीलाई अग्रभागमा बसेर कर्तव्यपालना गररिहेको छ । मुलुकमा अहिलेसम्म कूल तीन हजार ४४८ जनामा कोभिड –१९ देखिएकामा कर्तव्य निर्वाह गर्ने क्रममा सुरक्षा निकायका ५३ जनामा कोभडि–१९ सङ्क्रमण भएको छ । यसमा सबैभन्दा बढी ३३ जना नेपाल प्रहरीका छन् । नेपाली सेनाका १४ मध्ये सातजना विदेशमा सङ्क्रमित भएका हुन् ।
    सशस्त्र प्रहरीका पाँच र राष्ट्रयि अनुसन्धान विभागका एकजनामा कोभडि–१९ पुष्टि भएको छ ।

    प्राप्त विवरणअनुसार नेपाल प्रहरीका ३३ मध्ये १४ जना निको भएर होम क्वारेन्टिनमा फर्किसकेका र १९ जनाको उपचार जारी छ । जसमा चारजना उपत्यकाका छन् । प्रहरीका प्रवक्ता शाही मापदण्ड बनाएर आवश्यक सुरक्षा सावधानी अपनाइए पनि केही कर्मचारीमा सङ्क्रमण देखिएको बताउनुहुन्छ । उहाँका अनुसार अग्रभागमा खटिने प्रहरीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पिपिई तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

    सुरक्षा मापदण्ड अपनाइएको बताए पनि प्रहरीले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्री प्राप्त गर्न सकेका छैनन् । उनीहरुले चाहेर पनि सामाजिक दूरी कायम गर्न सकेका छैनन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न कूल ४६ हजार प्रहरी परिचालन गरेको छ । थप १० हजार सुरक्षा फौज जुनसुकै समयमा पनि पारचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

    सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरिक्षक प्रवीणकुमार श्रेष्ठ केहीमा सङ्क्रमण देखएि पनि मनोबल उच्च पारेर सशस्त्र प्रहरीले काम गरिरहेको बताउनुहुन्छ । उहाँका अनुसार पाँच सशस्त्र प्रहरीमा कोभिड–१९ देखिएकामा चारजना निको भएर फर्किसकेका छन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वदेश र विदेशमा गरेर १४ जनामा सङ्क्रमण देखएिको जानकारी दिनुभयो ।

    काठमाडौँबाहिर सातजना सङ्क्रमित रहेको तथा दक्षिण सुडानमा तीन, अफ्रिकामा दुई र मालीमा दुईजना सङ्क्रमित भएको पाण्डेले जानकारी दिनुभयो ।

    सुरक्षाकर्मी आम समुदायसँग नियमित रुपमा जोडिन पुग्ने भएकाले उनीहरुबाट नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ । मानिसको भीडभाड रोक्नुपर्ने हुँदा उनीहरुलाई सामाजिक दूरी कायम गर्न पनि हम्मेहम्मे हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि उपलब्ध स्रोतसाधनबीच सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन् ।

    सुरक्षा निकायले सङ्क्रमण फैलनबाट रोक्न आवश्यक क्वारेन्टिनको तयार पारेर घर बिदाबाट आएकालाई राख्ने गरेको छ । उनीहरुले आ–आफ्नै कोभिड–१९ मापदण्ड कार्यान्वयनमा ल्याएका छन् । सरकारले आदेश जारी गरेको बन्दाबन्दी कार्यान्वयनमा सडक तथा सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ ।

    नेपाली सेना स्वाथ्योपचारलगायतका सरकारले तोकेका अन्य क्रियाकलापमा सहभागी भइरहेको छ । हरेक विषयमा अग्रभागमा रहने सुरक्षाकर्मीसामु अहिलेको विषम परस्थितिमा कोभिड–१९ को सङ्क्रमण रोकथाममा पनि अहम् भूमिका हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार