सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस ९, २०७७

  • मङ्गलबारे, ९ पुस । इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ । इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो । भेलाले रमेश पराजुलीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ ।

    तदर्थ समितिका सहसंयोजकमा सुनिता खालिङ चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्य सचिवमा टीका खतिवडा तथा सदस्यमा भगीरथ भण्डारी, किरण पौड्याल, सुजाता सुनुवार, सोनु मुखिया, सुष्मा श्रेष्ठ र विक्रम सुन्दास चयन हुनुभएको छ । सूचनाको हकको प्रचलन, प्रवद्र्धन र सम्वद्र्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो ।

    सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरणसमेत गर्ने सञ्जाल प्रदेश नम्बर १ का सदस्य राम योङहाङले बताउनुभयो । उहाँले स्थानीय तहमा यसको प्रभावकारीरूपमा प्रयोग गर्नसके बढ्दै गएको भ्रष्टाचारसमेत न्यूनीकरण हुने बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार