स्कुल बसको ठक्‍करबाट पैदलयात्रीको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख २०, २०७६

  • काठमाडौं, २० वैशाख ।   झापाको बुद्धशान्ति गाउँपालिका- ४ जोरलाभरमा स्कुलबसको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान भित्री सडकखण्डमा कर्णाली एजुकेशन फाउन्डेशनको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्‍करबाट सोही  पैदलयात्री ४१ वर्षीय राजेन्द्र जबेगुको घटनास्थलमै मृत्यु भएको हो।

    बसका चालक गोपाल बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको उक्त कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार