स्वारेज बार्सिलोनामै रहने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ १७, २०७६

  • एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले चोटग्रस्त स्ट्राइकर लुइस स्वारेजको विकल्प नखोज्ने भएको छ । सिजनको अन्तयतिर मात्रै टिममा फर्कने स्वारेजको विकल्पमा क्लबले भ्यालेन्सियाका स्ट्राइकर रोड्रिगो मोरेनोलाई भित्र्याउने प्रयास गरे पनि महँगो भएको कारण सम्झौता प्रकृया रोकिएको थियो ।

    क्लबका स्पोर्टिङ डाइरेक्टर इरिक एभिडालले अध्यक्ष जोसेप मारिया बार्तोमेउलाई भनेको जस्तो स्ट्राइकर नभेटिएको जानकारी गराएका थिए । बार्सिलोनालेस्वारेज नफर्किउन्जेलसम्मको लागि सस्तो स्ट्राइरको खोजी गरेको भए पनि नभेटिएपछि क्लबभित्रबाटै स्वारेजको अभाव पूर्ति गर्ने बताएको छ ।

    हाल क्लबसँग लियोनल मेसी, एन्टोनियो ग्रिजमन तथा आन्सु फाटी रहेका छन् । ओस्माने डेम्बेले चाँडै चोटमुक्त भएर क्लबमा फर्कने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार