हत्या अभियुक्त २३ वर्षपछि पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक १९, २०७७

  • काठमाडौँ, १९ कात्तिक । सहकर्मी हत्याको आरोप लागि फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका –८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजीक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या गरेको आरोप लागेका ध्रुव भनिने मानकाजी श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज पक्राउ गरेको हो ।

    रामेछाप घर भएका श्रेष्ठका नाममा काठमाडौँ जिल्ला अदालतले विसं २०७४ मा वारेण्टसमेत जारी गरेको थियो । उनलाई ब्युरोबाट खटिएको टोलीले आज ललितपुर महानगरपालिका –५ थसीखेलबाट पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे जानकारी दिनुभयो । उनलाई आवश्यक कारवाहीका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार