हार्ड हिटर क्रिस गेलले विश्वकप पछि सन्यास नलिने पक्का


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार १३, २०७६

  • काठमाडौं,  असार १३ । वेस्ट इण्डिजका हार्ड हिटर क्रिस गेलले विश्वकप पछि सन्यास नलिने भएका छन् । उनले भारतविरुद्ध अगष्ट सेप्टेम्बरमा हुने सिरिजपछि मात्रै सन्यास लिने घोषणा गरेका हुन् ।

    जारी विश्वकपमा सर्वाधिक उमेरका खेलाडीहरुमध्ये एक रहेका गेलले लिग चरणको अन्तिम खेलमा सन्यासको घोषणा गर्ने अनुमान गरिएको थियो । यसबारे गेलले भने ‘करियर अन्त्य गर्ने समय आएको छैन्, अझै केही सिरिज खेल्न चाँहन्छु ।’

    उनले भारतविरुद्धको टेस्ट र एक दिवसीय खेल्ने बताउँदै टी–२० भने नखेल्ने बताए । जारी विश्वकपमा वेस्टइण्डिज समूह चरणबाटै बाहिरिने निश्चित भएकाले पनि उनले फैसला बदलेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले आंकलन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार