हुवावेको नयाँ स्मार्टफोनमा कुनै पनि गुगलका एप्स नचल्ने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ६, २०७६

  • काठमाडौं, जेठ ६  । चर्चित अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, गुगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन । एउटा रिपोर्टमा अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचिमा राख्न माग गरेको छ । डोनाल्ड ट्रम्पको सरकारले भने हुवावेलाई अमेरिकाबाट कालो सूचिमा राखिसकेको छ ।

    गुगल मात्र नभएर इन्टेल, चिपसेट निर्माता कम्पनी क्वालकम, ब्रोडकमजस्ता कम्पनीले पनि अब हुवावेलाई कुनै प्रकारको हार्डवेयर र सफ्टवेयर उपलब्ध गराउने छैनन् । हुवावेमाथि फोनको माध्यमबाट मानिसहरुको जासुसी गरेको आरोप लागेको छ ।

    हुवावेलाई कालो सूचिमा राख्दा र गुगलले सपोर्ट नगर्दा के असर पर्छ ?

    अमेरिकी सरकारले कालो सूचिमा राख्दा र इन्टेलजस्ता कम्पनीको सहयोग बन्द भएपछि भने हुवावेलाई ठूलो नोक्सान हुनेछ । हुवावेमा गुगल प्ले स्टोर, जीमेलजस्ता एप्स सेवा बन्द हुनेछ ।

    यस्तो अवस्थामा हुवावेले एन्ड्रोइडको पब्लिक भर्जनबाट काम चलाउनुपर्ने हुन्छ । यसका साथै हुवावेका प्रयोगकर्ताहरुले गुगलको कुनै पनि सेवा प्रयोग गर्न पाउने छैनन् ।

    कालो सूचिमा परिसकेपछि हुवावेले के गर्ला ?

    कालो सूचिमा परेपछि हुवावेले एन्ड्रोइडको ओपन सोर्स प्रोजेक्टबाट काम चलाउनुपर्ने हुन्छ । गुगलको एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) जो कोहीले पनि प्रयोग गर्न सक्छन् ।

    यो प्रोजेक्टद्वारा विश्वभर २ दशमलव ५ विलियन डिभाइस सक्रिय छन् । तर गुगलको यो प्रोजेक्टले अन्य व्यक्तिलाई सपोर्ट गरे पनि हुवावेलाई भने सपोर्ट गर्नेछैन ।

    के भएको थियो ?

    गएको वर्ष डिसेम्बर महिनाको सुरुवातमा अमेरिकाको दबाबमा क्यानडाले वैंकुवरको एक कम्पनीका प्रमुख वित्तीय अधिकारी मेंग वांगझूलाई गिरफ्तार गरेको थियो । मेंगले कम्पनीमाथि बेइमानी गरेको आरोप लागेको छ ।

    गएको वर्ष नै सुरक्षा कारण देखाउँदै संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले हुवावेको स्मार्टफोन प्रयोगमा रोक लगाएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार