हेलिकोप्टर दुर्घटनाबाट असह्य पीडा महसुस गरेको छु : प्रधानमन्त्री


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १६, २०७५

  • काठमाडौं , फागुन १६ ।  काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट असह्य पीडा भएको महसुस भएको बताएका छन्। उनले फेसबुकमा संक्षिप्त स्टाटस लेख्दै यस्तो कुरा व्यक्त गरेका हुन्।

    प्रधानमन्त्रीले लेखेका छन्, ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रूपमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अब्बल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पासहित तेह्रथुमको चुहानडाँडामा नयाँ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो। यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महशुस गरेको छु।’

    निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको समेत प्रधानमन्त्रीले उल्लेख गरेका छन्। घटनाबाट अपूरणीय क्षति भएको र मृतकका परिवारलाई सरकारले सहयोग गर्ने समेत उनको स्टाटसको आशय छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार