८ घण्टाको अपरेशनमा भयो होस् नै उडाउने घटना


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २४, २०७५

  • काठमाडौं, चैत २४ । गत २४ नोभेम्बरमा एक ३५ वर्षीय महिला पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा आफ्नो पायल्सको सामान्य शल्यक्रियाको लागी भर्ना भइन । तर उक्त शल्यक्रियाको लागी डाक्टरहरुले ८ घण्टा लगायो । त्यस पछी उनलाई अस्पतालबाट डिस्चार्ज गरियो ।

    तर जब उनि घर पुगिन उनको यौनीमा निक्कै पिडा भइरहेको थियो । त्यति मात्र हैन रगतसमेत आइरहेको थियो । पायल्सको शल्यक्रिया गर्दा आफ्नो यौनीमा पिडा र रगत आएको देखेपछी उनको होस् उड्यो ।

    र उनले आफुमाथी बलात्कार भएको थाहा पाइन् । त्यसपछि उनकी बहिनीलाई गुहारेर अर्को अस्पताल शेख जाएद अस्पताल चेक गर्न गइन । त्यहाँको डाक्टरहरुले मेडिकल चेकअप गर्दा उनीमाथि बलात्कार भएको पुष्टि भयो ।

    उपचारको क्रममा डाक्टरहरुबाटै आफु माथि यस्तो कुकृत्य भएको प्रमाणित भएपछी उनि प्रहरी चौकीमा अस्पताल र डाक्टर बिरुद्द उजुरी गर्न गईन । यस्तो जघन्य अपराधको सबै क्षेत्रबाट भर्त्सना भइरहेको छ ।

    पंजाबका स्वास्थ्यमन्त्री डा. यास्मिन राशिदले सर्जरीका क्रममा महिला माथि भएको बलात्कारको विषय निकै गम्भीर भएको बताए। बिरामी महिलालाई उपचारको क्रममा बेहोस बनाई बलात्कार जस्तो जघन्य अपराध कतै पनि स्वीकार्य नहुने महिला अधिकारकर्मीहरुको भनाई छ । यस विषयमा सरकारले तीन सदस्यीय छानविन समिति पनि गठन गरेको छ । यो घटनाले पुरै पाकिस्तानमा सनसनी मच्चीएको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार