पाँच महिला पत्रकार सगरमाथा आरोहण गर्ने तयारीमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र २८, २०७४

  • काठमाडौं, चैत २८, पाँच जना महिला पत्रकारको समुह सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न प्रस्थान गरेको छ ।  ‘फस्र्ट वुमेन जर्नालिष्ट्स एभरेष्ट एक्सपेडिसन २०१८’ नाम दिइएको उक्त अभियानमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विपी कोईराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विक्षान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) संलग्न छन् ।

    उनीहरुले ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ ब्यानरसहित ‘समानताको लागि बुलन्द आवाज’ भन्ने नारा सहित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दैछन् । सगरमाथाको चुचुरोबाट टेलिभिजनको प्रत्यक्ष प्रशारण गरेर पत्रकारीता क्षेत्रमा एउटा नौलो आयाम थप्ने योजनामा रहेको रोशा बस्नेतले बताएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार