सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ १३, २०७७

  • काठमाडौं, १३ भदौ । नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईंले हात पारेकी छिन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।

    सज्जाले ५० लाख रूपैयाा नगद पुरस्कार पाएकी छन् । यस्तै प्रवीण बेडवाल फस्र्ट रनर अप भएका छन् । उनले १० लाख रूपैयाा नगद पुरस्कार पाएका छन् भने सेकेन्ड रनर अपको उपाधि जित्न सफल किरण कुमार भुजेलले ५ लाख रूपैयाा पुरस्कार पाएका छन् ।

    दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार