गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष समेटिएको डकुमेन्ट्री ‘एक अब्यक्त संघर्ष’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर २२, २०७७

  • भक्तपुर, २१ मंसिर । गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइ समेटिएको डकुमेन्ट्री ‘एक अब्यक्त संघर्ष’ को कथा लोकार्पण भएको छ । भक्तपुर राधेराधेस्थित अतिथी बैक्वेटमा भएको कार्यक्रममा समाजका विशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा  Blindrocks कि अध्यक्ष तथा मोटिभेश्नल स्पिकर सृष्टि केसि, नेकपाका नेता तथा प्रदेश सभासद शशी जङ थापा ,चाङु नारायण नगर का मेयर सोम मिश्र,मध्यपुर ठिमी नगरकि उप-मेयर अन्जना देबि मधिकर्मी, सुर्य बिनायक नगर कि उप-मेयर जुना बस्नेत,नेपाल तयारी कपडा ब्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुंगेल, शिक्षाबिद तथा मोर्डन स्कुलका प्रीन्सिपल अनिल कसपाल लगायत चर्चित कलाकार, सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै सृष्टि केसिले भिडियोले युवाहरुलाई प्रेरणा दिने बताइन् । प्रदेश सभासद तथा नेकपाका नेता शशीजङ थापाले जिन्दगीमा अझै धेरै काम गर्न बाकी रहेको र श्रस्टा कपिल कसपालमा त्यो क्षमता र संभावना प्रचुर रहेको बताउनु भयो । त्यसै गरि सुर्यबिनायक नगर कि उप-मेयर जुना बस्नेतले कपिल कसपाल मन सफा भएको ब्यक्ति भएको र वहाँ को क्रियाशीलता उदाहरणिय भएको बताइन् । वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुंगेलले समालोचनात्मक विश्लेषण गर्दै सफलताको कामना गर्नुभयो भने चाङुनारायण नगरका मेयर सोम मिश्र तथा मध्यपुर थिमीकि उपमेयर अन्जना देबि मधिकर्मीले सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रम लाई नेपाल तयारी कपडा ब्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले पनि सम्बोधन गर्नु भएको थियो ।

    कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सैलेश थापा, चर्चित व्यंग्यकार चट्याङ मास्टर, वरिष्ठ संगितकार दिपक जंगम, वरिष्ठ गायक दिपक खरेल लगायतले पठाउनु भएको शुभकामना सन्देश पनि बाचन गरिएको थियो । कार्यक्रममा श्रस्टा तथा गायक कपिल कसपालले ‘यो मेरो जिवन संघर्ष को सार भएको र भिडियो हेरेर मेरा दर्शक,श्रोता तथा सुभचिन्तकहरुले मलाई अझै नजिकबाट बुझ्न र महशुस गर्न सक्नुहुनेछ भन्ने अपेक्षा लिएको’ बताउनुभयो ।

    भिडियो को निर्माण केबि प्रोडक्सनले गरेको हो भने यसको निर्देशन, निर्देशन, छायांकन तथा सम्पादनको काम बिजेश बज्राचार्यले गर्नु भएको हो भने भ्वाइस ओभर तथा स्क्रिप्ट स्वयं गायक तथा संचारकर्मी कपिल कसपालको रहेको छ । कार्यक्रमलाई डाक्टर इवामुरा हस्पिटल भक्तपुर तथा सिटिजन लाइफ इन्सुरेन्सले प्रायोजन गरेको थियो । कार्यक्रमलाई राग रागिनी इन्टरटेन्मेन्टले आयोजना गरेको थियो भने रेडियो मस्ती 87.9 बाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार