रचना रिमाल र हेमन्त कान्छा रसाइलीको ‘सम्झि किन रुन्थें म’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर २७, २०७७

  • काठमाडौं, २७ मंसिर । गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँ गितको भिडिओ सार्वजनिक भएको छ । असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झि किन रुन्थेँ म’ बोलको गीतको शब्द शृजना गोविन्द बानियाँ म्याग्देलीले गरेका हुन् ।

    भिडिओमा बिभिन्न टेलीसिरियल र म्युजिक भिडिओबाट चर्चा कमाएकी आशा खड्कासंगै गायक हेमन्त कान्छा र बिनोद राइको अभिनय रहेको छ । गायक स्वयंकै निर्देशन रहेको भिडिओ Tv 99 HD युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

    भिडिओ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार