Featured गन्तब्य समाचार

नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढिसक्यो – सिईओ जोशी

मंसिर ४,  काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ जोशीले सन् २०१५ मा गएको शक्तिशाली भुकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन […]

Featured 02 गन्तब्य हिँड्दा–हिँडदै

तिलिचो ताल भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै

कार्तिक २७, काठमाडौँ । विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। दसैंतिहार बिदा सदुपयोग गर्न तिलिचो भ्रमणमा निस्कने पर्यटकको संख्या बढेको हो। हिजोआज दैनिक तीन सयभन्दा बढी पर्यटक ताल घुम्न जाने गरेका छन्। तिलिचो मनाङ जिल्लाको नेस्याङ गाउँपालिका ९ मा पर्छ। ताल वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरि […]

Featured 02 गन्तब्य

चन्द्रागिरि हिल्सलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार

असोज २१,काठमाडौँ । नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो। चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के […]

गन्तब्य

पर्यटक पर्खिरहेको पिके डाँडा

कर्मा शेर्पा नेपालकै सबैभन्दा सुन्दर भ्यु प्वाइन्टका रुपमा चिनिएको छ, सोलुखुम्बुको पिके डाँडा । ओखलढुंगा र रामेछापले घेरेको पिके सगरमाथामा क्षेत्रमा पर्छ । चलचित्र सुटिङका लागी समेत यो ठाउ निकै उपयुक्त मानिन्छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पिके डाँडा सूर्योदयको र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्नको लागि चर्चित छ । यसको अलावा यहााबाट सगरमाथा […]