Featured 02 खेलकुद समाचार

डब्लुएचओलाई फिफाको सहयोग

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आर्थिक सहयोगको घोषणा गरेको छ ।  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहिबार डब्लुएचओलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका हुन् । अध्यक्ष इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरुको सहयोगका लागि छुट्टै विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने पनि […]

Featured 02 खेलकुद समाचार

पोग्वा बेच्दै म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडले फ्रान्सेली स्टार मिडफिल्डर पाउल पोग्वालाई बेन्च चाहेको बताएको छ ।  पोग्वाका लागि एक सय मिलियन पाउण्ड मूल्य तोक्दै उक्त प्रस्ताव सुन्न चाहेको क्लबले जनाएको छ । क्लब र पोग्वाबीचको सम्झौता अझै एकवर्ष बाँकी रहे पनि यस विषयमा दुबै सहमति रहेको रिपोर्टमा उल्लेख छ । पछिल्लो १२ महिना यता पोग्वा र क्लबबीचको सम्बन्ध बिग्रिएको […]

Featured 02 खेलकुद समाचार

कोरोना भाईरसको कारण फिफा क्लब विश्वकप स्थगित

युरोपियन फुटबल क्लबहरुको ठूलो प्रतियोगिताहरुमा पर्ने फिफा क्लब विश्वकप स्थगित भएको छ । चीनमा आयोजना हुने सन् २०२१ को प्रतियोगिता स्थगित भएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको फिफाले जनाएको छ । क्लब विश्वकप जुन १७ देखि जुलाई ४ सम्मका लागि तय भएको थियो । फिफाले कोरोनाको प्रकोपको अवस्था […]

Featured 02 खेलकुद

बार्सिलोनालाई लिग उपाधि हस्तान्तरण गर्ने छैनौ :लुइस रुबिलेस

स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले जारी सिजन पूर्णरुपमा समाप्त नभए उपाधि बार्सिलोनालाई हस्तान्तरण नगर्ने बताएका छन् । उनले कोरोनाका कारण स्थगित भएको लिग पूर्णरुपमा नटुंगिए हाल अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई उपाधि नसुम्पिने बताएका हुन् । ला लिगाका २८ औं चरणदेखिका खेल गत साताबाट स्थगित भएका थिए । २७ औं चरणका खेल सकिँदा […]

Featured 02 खेलकुद समाचार

ला लिगा २०१९–२० को अन्त्य गर्न तयार छु: ला लिगा प्रमुख

ला लिगा अध्यक्ष जाभियर टेवासले सिजन २०१९–२० को अन्त्य गर्न तयार भएको बताएका छन् । कोरोना भाइरसका कारण स्थगित भएको लिगको अन्त्य गर्न आफू तयार भएको लिग प्रमुख जाभियरले बताएका छन् । स्पेनका खेलकुद गतिविधि दुई साताका लागि स्थगित भएका छन् । स्पेन सरकारले पनि कोरोना भाइरसको रोकथाममा सहयोग पु¥याउन १५ दिन देशमा हुने सबै […]

Featured खेलकुद समाचार

सिरी ए अफ्रिलमा सुरु हुन असम्भव

इटालियन फुटबल एसोसियन (एआईसी)का अध्यक्ष डामियानो तोमासीले जारी सिजनको सिरी ‘ए’का बाँकी खेल अफ्रिलमा सुरु हुन असम्भव भएको बताएका छन् । उनले कोरोना भाइसरको प्रभाव कम भए मे अथवा जुनमा हुन सक्ने अध्यक्ष डामियानोले बताएका छन् । यतिबेला कोरोनाका कारण इटालीका सबै खेल गतिविधि अप्रिल तीनसम्मका लागि स्थगित गरिएका छन् । “यदि कोरोनाको प्रभाव सामान्य भए […]

Featured 02 खेलकुद समाचार

पिएसजी छाड्दै नेइमार

जारी लिगको मध्य सिजन चलिरहँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजीले) राम्रो मूल्य पाए आफ्ना ब्राजिलियन स्ट्राइकर नेइमारलाई बेच्ने जनाएको छ।  नयाँ ट्रान्सफर विन्डोमा तोकेको मूल्यभन्दा ५१ मिलियन पाउन्ड कम पाए पनि नेयमारलाई बेच्‍न तयार रहेको बताएको विभिन‍न सञ्चारमाध्यमले जनाएका छन्। खासगरी पिएसजीले आफ्ना खेलाडी नेइमार बार्सिलोना फिर्ता हुन सक्ने बताएको छ । नेइमार विश्व […]

Featured 03 खेलकुद समाचार

१४ क्लबको सहमति भए लिभरपुललाई उपाधि दिने तयारी

एजेन्सी । जारी सिजनको प्रिमियर लिगमा शानदार खेल प्रदर्शन गरेको लिभरपुललाई उपाधि दिने तयारी थालिएको छ । ब्रिटिस मिडियामा प्रकाशित समाचार अनुसार १४ वटा क्लबले सहमति जनाएको खण्डमामा लिभरपुलले घरेलु लिगको उपाधि जित्नेछ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण हाल प्रिमियर लिगसहित युरोपका सबै लिगहरु स्थगित भएका छन् । यदी कोरोनाको प्रकोप नै रहिरहेको खण्डमा […]

Featured 02 खेलकुद समाचार

युभेन्टसले रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास

इटालियन जाइन्ट युभेन्टसले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास थालेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार फरवार्ड रोनाल्डोको सम्झौता २०२२ जुनमा सकिदैछ । तर, युभेन्टसले रोनाल्डोलाई क्लबमा थप दुई वर्ष राख्ने प्रयास थालेको हो । यसो हुन सकेमा रोनाल्डो २०२४ सम्म युभेन्टसमा रहनेछ […]

Featured 03 खेलकुद समाचार

स्विस फुटबल संघका अध्यक्षलाई कोरोना

युइएफएको बैठकमा सहभागी स्विस फुटबल संघका अध्यक्ष डोमिनिक ब्लान्कलाई कोभिड-१९ (कोरोना भाइरस)को सङ्‌क्रमण देखिएको छ। मार्च २ मा आम्सटर्डममा भएको बैठकमा ब्लान्कसहित क्रोएसियन फुटबल संघका अध्यक्ष डाभोर सुकेर र पेरिस सेन्ट जर्मनका अध्यक्ष नसिर अल-खेलाइफी सहभागी थिए। ७० वर्षीय ब्लान्कलाई आइतबार स्वास्थ्य परिक्षणका क्रममा भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। सो पुष्टि हुनेबित्तिकै उनलाई क्वारेन्टाइनमा […]