Featured 02 समाचार हिँड्दा–हिँडदै

पोखरामा अब प्याराग्लाइडिङदेखि बञ्जीजम्पसंगै हट एयर बेलुन

मंसिर २,पोखरा । पर्यटकीय शहर पोखरामा शनिबारदेखि हट एयर बेलुनको व्यवसायिक उडान सुरु भएको छ। पोखरा पर्यटनमा सर्वसाधारणलाई थप आकर्षण गर्न शनिबारदेखि ‘हट एयर बेलुन’ पनि थपिएको हो। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत खेल सञ्चालनमा रहेका थिए। अबदेखि पर्यटकिय नगरी पोखरानमा हट एअर बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन […]

Featured 02 गन्तब्य हिँड्दा–हिँडदै

तिलिचो ताल भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै

कार्तिक २७, काठमाडौँ । विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। दसैंतिहार बिदा सदुपयोग गर्न तिलिचो भ्रमणमा निस्कने पर्यटकको संख्या बढेको हो। हिजोआज दैनिक तीन सयभन्दा बढी पर्यटक ताल घुम्न जाने गरेका छन्। तिलिचो मनाङ जिल्लाको नेस्याङ गाउँपालिका ९ मा पर्छ। ताल वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरि […]

Featured हिँड्दा–हिँडदै

पर्यटकीयस्थल नगरकोट जाने पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने

असोज १५, काठमाडौं । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४/०७५ मा रु ५१ लाखमा […]

Featured 02 समाचार हिँड्दा–हिँडदै

विश्व पर्यटन दिवसको अवसरमा ‘ठमेल सडक महोत्सव’ हुने , पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्था

असोज ९, काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा राजधानीको पर्यटकीय बजार ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मान्त्रालयसँगको सहकार्यमा आगामी बिहीबार ३९औं विश्व पर्यटन दिवसको अवसरमा पहिलोपटक ठमेल सडक महोत्सव आयोजना गर्न लागेको हो । हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा ठमेलबाट प्रभातफेरी गरेर […]

Featured 02 समाचार हिँड्दा–हिँडदै

पर्यटकीय गन्तव्य बन्दै नवलपरासीस्थित देवचुली डाँडा

असोज ३,नवलपरासी । पूर्वी नवलपरासीस्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन् । देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति उद्यान र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

Featured हिँड्दा–हिँडदै

मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुने

भदौ २८, काठमाडौं ।  हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुने भएको छ । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकार निर्माण गर्न लागिएको हो । हालसम्म विश्वमा १५ किलोमिटर भन्दा लामो केबलकार निर्माण भएका छैनन् । संसारकै लामो केबलकार निर्माण गर्न लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबिच […]

Featured 02 हिँड्दा–हिँडदै

पर्यटकीय गन्तब्यको रुपमा परिचित बन्दै बेनीको दुरलेक डाँडा

भदौ २०, बेनी । मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने हुँदा त्यहाँ पुग्ने जो कसैको मन लोभिन्छ । समुद्री सतहदेखि तीन हजार छ मिटरभन्दा बढी उचाइमा रहेको दुरलेक डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ । दुरलेकले बागलुङको ताराखोला, रनसिङकिटेनी, पाण्डपखानी, […]

Featured 02 समाचार हिँड्दा–हिँडदै

सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङका लागि डिपिआर

भदौ ५,बागलुङ ।  बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–३ ले हटियामा रहेको सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङका लागि डिपिआर गरेको छ । पर्यटक प्रवद्धन र प्रचारप्रसारको लागिइगल सोलुसन काठमाण्डौको टोलीले झरना व्यवस्थापन, पोखरी पुर्वाधार निर्माण, चेन्जिङ कोठा, शौचालय, पदमार्ग लगाएको दिर्घकालिन व्यवस्थापनका लागि डिपिआर गरिएको वडा अध्यक्ष बिरजङ भण्डारीले जानकारी दिए । झरनालाई पर्यटकिय गन्तव्य बनाउनका लागि झरनाको फेददेखि […]

Featured हिँड्दा–हिँडदै

दोलखा जाँदै गर्दा बाटामा भेट भएका यी बाजे सँगको अनुभव…

डा. तोसीमा कार्की दोलखास्थित भिमेश्वर बहिरा प्राथमिक विद्यालयका ५० जना कान नसुन्ने, कोहि टुहुरा त कोहि विपन्न छात्र छात्राहरुका निम्ति यस वर्ष कुनै पनि सामाजिक संस्थाबाट केही सहयोग नआएको खबर प्राप्त भयो । त्यति मात्र होईन त्यहाँ चिसोका कारण बाल बच्चाहरुलाई पढ्न, लेख्न, बस्न कठिनाई भईरहेको खबर प्राप्त भईरहेका थिए । रुघा मर्कि ज्वरोले पनि […]

Featured हिँड्दा–हिँडदै

धौलागिरि सेन्चुुरी पदमार्ग

मनोरम प्रकृति र फरक संस्कृतिको मज्जा लिन चाहनुहुन्छ ? उसो भए धौलागिरि क्षेत्र तपाईका लागी उपयुक्त गन्तब्य हुन सक्छ । हालै मात्र धौलागिरि क्षेत्रमा पदयात्राका लागी नयाँ रुट पहिल्याइएको छ । ८ हजार ७ सय २ सय मिटरको उचाइमा अबस्थित धौलागिरि हिमाल (प्रथम) को दक्षिणि आधार शिविरसम्म पुग्ने नया पदमार्ग पहिचान गरिएको हो । म्याग्दी […]