Featured 02 गन्तब्य हिँड्दा–हिँडदै

तिलिचो ताल भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै

कार्तिक २७, काठमाडौँ । विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। दसैंतिहार बिदा सदुपयोग गर्न तिलिचो भ्रमणमा निस्कने पर्यटकको संख्या बढेको हो।

हिजोआज दैनिक तीन सयभन्दा बढी पर्यटक ताल घुम्न जाने गरेका छन्। तिलिचो मनाङ जिल्लाको नेस्याङ गाउँपालिका ९ मा पर्छ। ताल वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरि हिमशृंखलाले पर्यटकको मन लोभ्याउँछ।

तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ। तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ। यस तालसम्म पुग्न खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ। बेसक्याम्पबाट झन्डै तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ।

तिलिचो ताल धार्मिक रूपले निकै महत्वपूर्ण मानिन्छ। परापूर्वकालमा भगवान शिवले तपस्या गरी बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किम्वदन्ती छ। हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि आउने गर्छन्।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्