डब्लुएचओलाई फिफाको सहयोग


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ७, २०७६

  • विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आर्थिक सहयोगको घोषणा गरेको छ ।  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहिबार डब्लुएचओलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका हुन् ।

    अध्यक्ष इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरुको सहयोगका लागि छुट्टै विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने पनि बताएका छन् । कोरोनाका कारण अहिले फिफा अन्तर्गतका सबै खाले फुटबल गतिविधि बन्द भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार