युगपुत्र, तिमीलाई हृदयदेखी नमन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ ३१, २०७७

  • किरण तिम्सेना

    म भन्थें उ खत्तम भएछ…
    म बुझ्थें उ नालायक भएछ…
    मैले सोच्थें उ बेशरम भएछ…
    महसुस गर्थें म …उ बर्बाद हुँदैछ…

    लाग्थ्यो, जानेन उसले…
    बोल्थें, सुनेन उसले…
    देखाउँथे, हेरेन उसले….
    आज उभियो ऊ…

    निडर, निष्कपट अनि स्वतन्त्र भै…
    अन्धेर नगरीमा उज्यालो किरण झैँ..
    हर प्रहर अनि हरेक प्रहार सहँदै…
    जोड्यो जुगौंलाई पुग्ने धन….
    जोड्यो तोडिएका मन…..

    युगपुत्र,
    तिमीलाई नमन…
    तिमीलाई हृदयदेखि नमन…

    प्रतिक्रिया
    सम्बन्धित समाचार