Featured Uncategorized ट्यालेन्ट शो मनोरन्जन

सर्लाहीकी कविता नेपालीले जितिन् पहिलो ‘बुगी वुगी’ को उपाधि

किरण खतिवडा

एपि वान एच.डिबाट प्रशारण भएको नेपालकै चर्चित डान्स रियालिटि सो ‘बुगी वुगी’ को उपाधि सर्लाहिकी चेलि कविता नेपालीले जितेकी छिन् ।

शनिवार राति सम्पन्न ग्रान्ड फिनालेमा कविताले अन्य दुई फाइनलिस्ट प्रगति पुन र सरोज मोक्तानलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । उपाधि सँगै कविताले २५ लाख नगद हात पारेकी छन् । दर्शकको प्रत्यक्ष भोटको आधारमा विजेता घोषणा गरिएकोमा दोस्रो अर्थात फस्ट रनर अप हुने तनहँकी प्रगति पुनले ६ लाख र तृतिय अर्थात सेकेण्ड रनर अप सरोज मोक्तानले नगद ४ लाख हात पारे ।

‘बुगी वुगी’ ले जजका रुपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दिलिप रायमाझि, अहिलेकी प्रख्यात तथा सुन्दरी अभिनेत्री प्रियंका कार्की र वर्तमान समयका अत्यन्तै ब्यस्त तथा चर्चित कोरियोग्राफर कविराज गहतराजलाई पाएको थियो ।

नेपालमा नै पहिलो पटक विदेशी फ्रन्चाइज गायन रियालिटि सो ‘नेपाल आईडल’ ल्याएर चर्चामा कमाएको एपि वान एच.डिले यस सँगै चर्चित डान्स रियालिटि सो ‘बुगी वुगी’ को पनि सफल सुरुवात गरेको छ । नेपाल आईडल सिजन २ पनि यसै साता देखि प्रशारणमा आउँदै छ ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्