नेपाल अडिटर्स एशोसियन (अडान) को पाँचौ उपत्यका प्रदेश परिषद सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन २७, २०७७

  • काठमाडौं, १९ फागुन । नेपाल अडिटर्स एशोसियन (अडान) अन्तर्गत उपत्यका प्रदेशको पाँचौ परिषद सम्पन्न भएको छ । बागमित प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्य तथा नेपाल अडिटर्स एशोसियसन (अडान) उपत्यका प्रदेश समितीका अध्यक्ष आत्माराम चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा विशेगा अतिथि केन्द्रीय अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल, नेपाल चार्टड एकाउन्टेन्सट्स संस्थाका अध्यक्ष मदन कृष्ण शर्मा तथा नेपाल चार्टड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्द शर्मा वाग्लेको उपस्थिीति रहेको थियो । यस्तै अडानका केन्द्रीय समिती, उपत्यका प्रदेश समिती तथा जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिीति रहेको थियो ।

    परिषदले हालसम्मको सांगठनिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिबेदनहरुका साथै आगामि वर्षको अनुमानित बजेट पारित गरेको छ । राष्ट्रको आर्थिक सम्बृद्धिका लागि लेखा तथा लेखा परिक्षण कार्यको महत्वपूर्ण भूमिका रहेको कुरा मनन् गर्दै ९ बुँदे घोषणा पत्र जारी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार