रेडियो नेपालका पहिलो गायक हरि प्रसाद रिमालको निधन


  • Frontline Nepal

भदौ १५, काठमाडौं । वरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक हरि प्रसाद रिमालको निधन भएको छ। वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल को शुक्रवार बिहान करिब १ बजे ९३ वर्षीय रिमालको बानेश्वर स्थित आफ्नै निवासमा निधन भएको हो।

‘फगत एक नजरमा कसैले लियो मन…’ केशवराज पिँडालीको स्वरमा उनलै गाएको चर्चित गीत हो । गीतबाट स्थापित र चर्चित बन्न सफल हरिप्रसाद रिमालले रेडियो नेपालको स्थापनाकालदेखि नै गीत गाउन थालेका श्रष्टा बुलु मुकारुङ बताउँछन् । उनका अन्य लोकप्रिय गीतहरू ‘बिना बादल असिना आउँदैन…’, ‘हातै काट्यो चालिसे चुराले…’ यी दुबै गीत प्रदीप रिमालको रचनामा उनले गाएका थिए । ‘कल्लेकल्ले कैलेकैले डाक्छ मलाई…’–लक्ष्मण लोहनीको रचनामा, ‘आँसु बहाऊँ…’ म.वी.वि.शाहको रचनामा उनले गाएका थिए ।

रिमाल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुन् । उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट