नेपाल हङकङसँग ३ विकेटले पराजित – फाइनल पुग्ने नेपालको सम्भावना समाप्त


  • Frontline Nepal

भदौ १९, काठमाडौँ । एसिया कप छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको सामान्य लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर पनि ब्याटिङ गर्न सकेन । हङकङका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ३७.५ ओभरमै ९५ रनमा अलआउट भयो ।

नेपालको लागि आरिफ शेखले १८, ओपनर अनिल कुमार शाहले १५, कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।  सागर पुन ७ तथा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने २-२ रन बनाएर आउट भए । ओपनर सुबास खकुरेल र सोमपाल कामीले खाता समेत खोल्न सकेनन् । बसन्त रेग्मी १५ रनमा नटआउट रहे ।

हङकङलाई प्रतियोगितामा तेस्रो जित दिलाउन कप्तान अंशुमन राथले अर्धशतकिय पारी खेले । ८२ बल खेलेका रथले ३ चौका र १ छक्काको मद्दतमा ५२  रन बनाए । यस्तै किन्चित शाहले ११ रन योगदान गरे ।  हङकङका अन्य खेलाडीले दोहोरो अंक छुन नसकेपनि नेपालले कम स्कोर बनाएका कारण डिफेण्ड गर्न सकेन ।  हङकङका एहसान खानले ७.५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए । यस्तै तनवि अफजल र अइजाज खानले २-२ विकेट लिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै सागर पुन र बसन्त रेग्मीले १-१ विकेट लिए ।

लिगमा ३ खेलमा जित तथा एक खेलमा अंक बाँडेको हङकङले ५ खेलबाट ७ अंक जोडेको छ र हङकङले शीर्ष दुईमा रहदै फाइनल पुग्न अहिले भइरहेको ओमान र युएईबीचको खेलको नतिजा कुर्नुपर्नेछ । उक्त खेलमा ओमान विजयी भए ओमान र हङकङ फाइनल पुग्नेछ। यदी युएई विजयी युएई फाइनल पुग्नेछ र हङकङ र ओमानमध्ये यता सुरुवाती तीन दुई खेलमा ओमान र युएईसँग हारेको नेपालले मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो तर हङकङसँग हारेपछि शीर्ष दुईमा रहै फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट