प्राथमिकताभन्दा पहिले खोप लगाउने जर्मनीका एक मेयर परे निलम्बनमा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २७, २०७७

  • जर्मनी । प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको नगर काउन्सिलले निलम्बन गरेको छ। जर्मनीको मध्य शहर हेलेका मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिश्चि कालका लागि निलम्बित भएका हुन्।

    ६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए।। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए। अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए। उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ।

    निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपको अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफूलगायत केही व्यक्तिले खोप लगाएको बताए।

    रासस\एएफपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार