३४ वर्षमा नेपाली बीमा कम्पनीको पहिलो महिला, उपासनाले रचिन् इतिहास


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख २०, २०७८

  • काठमाडौं, १९ बैशाख । यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उपासना पौडेल नियुक्त भएकी छन् । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले पौडेललाई चार वर्षका लागि सीइओमा नियुक्त गरेको हो । उनी डेढ वर्षदेखि यूनाइटेडमा कार्यरत छिन् ।

    भारतको दिल्ली युनिभर्सिटीको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबिए उत्तिर्ण पौडेल इन्स्योरेन्स क्षेत्रमा कान्छी सिइओ हुन् । उनले सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरिसकेकी छिन् । पौडेलसँग बीमा क्षेत्रमा एक दशकको अनुभव छ । भारत बसाइमा रहँदा उनले बीमा क्षेत्रमा कामको अनुभव बटुलेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार