फ्राइडे रिलिज – प्रदीप खड्का अभिनित ‘रोज’ र पुजा शर्माको ‘रामकहानी’पर्दामा


  • Frontline Nepal

भदौ २२, काठमाडौँ । यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म छन्। अभिनेता प्रदीप खड्का अभिनित ‘रोज’ र पुजा शर्माको ‘रामकहानी’पर्दामा आएका हुन् ।

फिल्म ‘रोज’लाई नीरक पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीपसँगै मिरुना मगर, परमिता राणाको मुख्य अभनय छ। फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेको हो। क्राइम थ्रीलर बनेको फिल्मलाई नेपाल र टर्कीमा छायाँकन गरिएको हो।

त्यस्तै प्रदर्शनमा आएको अर्को फिल्म ‘रामकहानी’लाई  सुदर्शन थापाले निर्देशन गरेका हुन्। ’रामकहानी’ लभस्टोरी तथा कमेडी जनराको चलचित्र हो । चलचित्रमा आकाश श्रेष्ठ , पुजा शर्मा , हाँस्यकलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झालगायतको समेत अभिनय हेर्न सकिन्छ ।

मल्टिप्लेक्सलाई आधार मान्ने हो भने ‘रामकहानी’ भन्दा ’रोज’नै अगाडि रहेको बुझिएको छ । यता ‘सिंगल स्कृन’ भने दुवैले बराबरी पाएका छन् ।

यो साता हलिउड फिल्म ‘द नन’ नेपाल प्रदर्शनमा आएको छ। हरर जनरामा बनेको फिल्‍मलाई कोरिन हार्डीले निर्देशन गरेका हुन्। यो फिल्म कन्जुरिङ्गको फ्र्न्चाइज हो। यो साता कुनै बलिउड फिल्म नेपाल प्रदर्शनमा आएन।

प्रतिक्रिया
सम्बन्धित समाचार