संसदीय सुनुवाई समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम अनुमोदन


  • Frontline Nepal

भदाै २५, काठमाडाैं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । सोमबार नै मिश्रको सुनुवाइ थियो । मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले अनुमोदन गर्ने निर्णय गरेको हो ।

प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रसँग संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरीको जवाफ मागेको थियो । सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा समितका संयोजक लक्ष्मणलाल कर्णले ३ उजुरीबारे जवाफ मागेका थिए ।

अब मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट