काठमाडौं महानगरपालिकाले ‘ए’ डिभिजन फुटबल टोलीलाई सोमबार दश लाख बराबरको सहयोग गर्ने


  • Frontline Nepal

भदौ २५, काठमाडौँ । काठमाडौं महानगरपालिकाले राजधानी केन्द्रित ६ वटा ‘ए’ डिभिजन फुटबल टोलीलाई सोमबार दश लाख बराबरको सहयोग गर्ने भएको छ । महानगरपालिकाले आज राजधानीको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी सहयोग गर्ने जनाएको छ।

६ ए डिभिजन टोलीले ५ लाख रुपैयाँ नगदका साथमा पाँच लाख बराबरका अन्य सामग्री सहयोग प्राप्त गर्नेछन् ।  एन्फाले असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजनको आयोजना गर्न लागेको छ । खेलाडी तथा क्लवको मनोबल उच्च गर्न महानगरपालिका भित्रका क्लवलाई सहयोग गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार