सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा देउवाले जनाए आपत्ति


  • Frontline Nepal

भदौ २८, काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् । बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आपत्ति जनाएका हुन् ।

सभापति देउवाले सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनीय भएको प्रतिक्रिया दिएका छन । प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको देउवाले बताए ।

समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार बिहान पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार