महिला साफ च्याम्पियनसिपको ड्र सार्वजनिक – नेपाल समुह “ए” मा


  • Frontline Nepal

भदौ २९ , काठमाडौं । महिला साफ च्याम्पियनसिपको ड्र सार्वजनिक भएको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । नेपाल रहेको समूहमा बंगलादेश, पाकिस्तान र भुटान छन्।

यस्तै समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन् । दुवै समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन्।

आगामी १४ डिसेम्बर देखी २३ डिसेम्बरसम्म हुने महिला साफ च्याम्पियनसिपको खेल स्थल भने तय हुन् बाँकी छ। यस्तै खेल तालिका पनि सार्वजनिक गरिएको छैन । च्याम्पियनसिप श्रीलंकामा हुने सम्भावना छ।

साफ यू-१५ पुरुष च्याम्पियनसिप

यस्तै बिहीवारै साफ यू-१५ पुरुष च्याम्पियनसिपको ड्र पनि गरिएको छ। ढाका भएको ड्र अनुसार नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। यस्तै समूह ‘बि’ मा भारत, भुटान र श्रीलंका रहेका छन्।

दुवै समूहको समूह विजेता र उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यू–१५ साफ च्याम्पियनसिप आगामी अक्टोबर २५ देखी नोभेम्बर ३ तारिख सम्म नेपालमा आयोजना हुनेछ। च्याम्पियनसिप ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट