एलजी सिने अवार्ड – निता र नाजिर उत्कृष्ट अभिनेता अभिनेत्री घोषित


  • Frontline Nepal

असोज १, काठमाडौँ । प्रदीप खड्का र प्रियंका कार्की पपुलर अभिनेता अभिनेत्री घोषित भएका छन्  ।‘एलजी सिने अवार्ड–२०७५’मा प्रदीपले चलचित्र ‘लिलिबिलि’बाट यो अवार्ड हात पार्दा प्रियंकालाई ‘छक्का पन्जा चलचित्रले अवार्डको हकदार बनायो ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ मुख्य अतिथि र बलिउड अभिनेता गोबिन्दा विशेष अतिथि रहेको अवार्ड समारोहमा निता ढुंगाना र नाजिर हुसेन उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । ‘एलजी सिने अवार्ड–२०७५’मा निता ‘पञ्चायत’ र नाजिर ‘तिमिसँग’ चलचित्र अभिनयबाट उत्कृष्ट ठहरिएका हुन् । नाजिरले बलिउड अभिनेता गोबिन्दा र निताले गोबिन्दाकी छोरी  टिना आहुजाबाट अवार्ड थापिन् ।

अवार्ड थापेपछि बोल्दै अभिनेत्री निताले आफुले गर्न नचाहेको र निर्देशकको करले अभिनय गरेको पञ्चायतले अवार्ड दिलाउदा निकै खुसी रहेको बताइन् । उनले त्यो खुसीको क्षणमा चलचित्र युनिटलाई समेत सम्झेकी थिइन् ।

आईतबार राजधानीको प्रदर्शनी मार्गस्थित सभागृहमा सिने सर्कल नेपालले आयोजना गरेको अवार्ड समारोहमा ‘तिमीसँग’ले उत्कृष्ट फिल्म अवार्ड हात पार्दा उत्कृष्ट निर्देशक भने चलचित्र ‘भुइमान्छे’बाट नवराज बुढाथोकी भए ।

त्यस्तै दुई दर्जन विधामा अवार्ड प्रदान गरिएको समारोहमा अभिनेता पुष्प खड्काले क्रिटिक्स अवार्ड हात पारे । अवार्ड समारोहमा बरिष्ठ निर्देशक किशोर रानालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड २०७५’ बाट सम्मान गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

भर्खर मृगौला प्रत्यारोपण गरेका कारण रानाको अवार्ड उनकी धर्मपत्नी संगीता रानाले बुझेकी थिइन् । लामो समयदेखि चलचित्र निर्देशनमा उनले दिएको योगदानको कदर गर्दै रानालाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

कसलाई कुन अवार्ड ?

बेष्टपोस्टर : शान थापा र विजय बस्याल (शत्रुगते)

बेष्ट ट्रेलर : सुरेन्द्र पौडेल (कृ)

मोष्टपपुलर गीत :  कुटुमा कुटु (दुई रुपैयाँ )

बेष्ट भिएफएक्स : माओत्सुगु (माई लभ)

मष्ट कमेन्डेवल चलचित्र : पञ्चायत

मष्ट पपुलर अभिनेता : प्रदीप खड्का (लिलिबिलि)

मष्ट पपुलर अभिनेत्री : प्रियंका कार्की (छक्का पन्जा–२)

बेष्ट सम्पादक : मित्र डि गुरुङ्ग (शत्रुगते)

बेष्ट ब्यगग्राउण्ड स्कोर : एलिस कार्की (लिलिबिलि)

बेष्ट स्कृन प्ले : शिशिर राणा, सुसिल क्षेत्री (तिमिसँग)

बेष्ट प्लेब्याक सिंगर फिमेल : मेलिना राई (कुटुमा कुटु– दुई रुपैयाँ)

बेष्ट प्लेब्याक सिंगर मेल : सुगम पोखरेल (तिमी रोएको पल – ऐश्वर्या )

बेष्ट एक्सन निर्देशक : चन्द्र पन्त (कृ)

बेष्टअफ स्क्रिन कपल : दीपिका प्रसाई र रमेश उप्रेती (ऐश्वर्या)

बेष्ट संगीतकार : अर्जुन पोखरेल ( भन्छु आज–  म यस्तो गीत गाउँछु )

बेष्ट डिओपी : बिदुर पाण्डे (भुइँमान्छे)

बेष्ट अभिनेत्री : नीता ढुंगाना (पञ्चायत)

बेष्ट अभिनेता : नाजिर हुँसेन (तिमीसँग)

बेष्ट निर्देशक : नवराज बुढाथोकी (भुइँमान्छे)

बेष्ट चलचित्र : तिमीसँग (नयन प्रोडक्सन)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट