श्रीराज कलेक्सनले सुटमा ३५ प्रतिशत छुट दिने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन १९, २०७८

  • काठमाडौं, १९ साउन । नरदेवीस्थित श्रीराज कलेक्सनले विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र कलाकर्मीलाई ३५ प्रतिशत छुटमा सुट उपलब्ध गराउने घोषणा गरेको छ । जसको मूल्य ८ हजार ८ सय तोकिएको छ । यसमा कोट, पाइन्ट, सर्ट सहित विशेष उपहारको पनि व्यवस्था गरिएको श्रीराज कलेक्सनका सञ्चालक राज कार्कीले बताए ।
    बिगत २ वर्षदेखी कोरोना महामारीले विभिन्न क्षेत्रमा असर पुर्‍यायो ।

    लकडाउन र कोरोना महामारीका कारण विभिन्न पेशाकर्मी लगायत सबैले आर्थिक मन्दिको मार खेप्नु पर्‍यो । त्यही वर्गलाई लक्षित गर्दै श्रीराजले सस्तोमा तयारी पोशाक अफर ल्याएको हो । यो विशेष योजना महिला र पुरुष दुबैका लागि ल्याएको सञ्चालक कार्कीले बताए । यो योजनाको फाइदा लिन आफ्नो परिचयपत्रको फोटो कपि ल्याउनु पर्नेछ । सञ्चालक कार्कीका अनुसार साउन १९ देखी भदौ २९ सम्म यो अफर कायम रहने छ ।

    स्थापना कालदेखी नै बिभिन्न सामाजिक सेवाका काम गर्दै आएको श्रीराज कलेक्सनले समाजका विभिन्न पेशाकर्मीलाई लक्षित गर्दै नयाँ अफर ल्याएको हो । यसअघि वाल आश्रम, शिक्षामा छात्रबृत्ति, बाढि पीडितलाई आर्थिक सहयोग गरेर सामाजिक सेवाका काममा श्रीराज कलेक्सनले सहयोग पुर्‍याएको थियो । थप जानकारीका लागि ०१४२६२२२९ मा सम्पर्क गर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार