चलचित्र ‘कथा काठमाडौ’ले पायो पिजी सटिफिकेट


  • Frontline Nepal

असोज ३,काठमाडौं । चलचित्र ‘कथा काठमाडौ’ले पिजी सटिफिकेट पाएको छ ।  १२ असोजबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मले पिजी सर्टिफिकेट पाएसँगै १६ वर्ष भन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न अब आमाबाबुको साथ चाहिनेछ ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको अन्तरंग दृश्यले भरिएको ‘रातको कुरा’ बोलको गीत सार्वजनिक भएपछि आलोचना खेपेको चलचित्र ‘कथा काठमाण्डू’ले ट्रेलरमा पनि ती दृश्य छुटाएन । सोही कारणले चलचित्रको सामााजिक संजालमा चर्काे आलोचना भएको थियो ।

निर्देशक संगीता श्रेष्ठले चलचित्रको केही दृश्यमा कैची चलाउदै सेन्सरले पास गरेका जानकारी दिइन् । भनिन् ‘ गीत र ट्रेलर हेरेर चलचित्रको मूल्यांकन गर्दै गाली गर्नेलाई बोर्डको सर्टिफिकेट जवाफ हो ।’

श्रीमतीको इच्छा विपरित यदी श्रीमान्ले शारीरिक सम्बन्ध बनाउछ भने त्यो बलात्कार हो । चलचित्रले यहि कथा भनेको निर्देशक श्रेष्ठले जानकारी दिइन् ।

विजय राइको निर्माणमा तयार भएको चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको मुख्य भुमिका रहेको छ ।  १२ असोजबाट चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट