नेपाल र भारतबीचको खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडलाई


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ १०, २०७८

  • काठमाडौँ, १० भदौ । नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ । यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ (एन्फा) ले एडप्याडलाई बिक्री गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । एडप्याडलाई रु २५ लाख १० हजारमा प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरेको एन्फाले जनाएको छ ।

    एडप्याडका प्रबन्ध निर्देशक गिरीका अनुसार अब यस खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ । नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग यही भदौ १७ र २० गते गरी दुई खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । दुवै मैत्रीपूर्ण खेल दर्शकविना नै गर्ने योजना रहेको एन्फाले जनाएको छ । आगामी असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार