प्याब्सनको सूर्यविनायक नगर कमिटीमा मैनालीको नेतृत्व निर्विरोध निर्वाचित


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज ४, २०७८

  • भक्तपुर, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) को सूर्यविनायक नगर कमिटीमा दिनेश मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । मैनालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । बालकोटस्थित डेन्स स्कूलका संचालक एवं प्रिन्सिपल दिनेश मैनालीको अध्यक्षतामा ७ सदस्यीय सूर्यविनायक नगर कमिटी निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष सानुराजा कार्कीले बताएका हुन् ।

    उपाध्यक्षमा रेन्बो इङलिस स्कूलका बिनोद काफ्ले, सचिवमा युनिटीका खुम शर्मा र कोषाध्यक्षमा प्रेसियसका भोला चौधरी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा जनचेतनाका यज्ञराज भट्टराई, बैदिक स्कूलका बालकुमार खत्री र ग्लोबलका कृष्णभक्त ङाखुशी रहेका छन् ।

    निर्वाचक मण्डलको जिम्मेवारीमा संयोजक गणेशबाबू पोखरेल र सदस्यहरुमा धर्मरत्न खाइतु र अङ्कित पोखरेल रहेका थिए । उक्त अवसरमा केन्द्रीय नेताहरु दिपिका रिमाल थापा, भुवनलाल श्रेष्ठ, संगीता हमाल, प्रदेश कमिटीकी ऐश्वर्य विष्ट जिल्ला अध्यक्ष चन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

    प्याब्सन अन्तर्गत सूर्यविनायक नगरपालिकामा ३२ विद्यालय आवद्ध छन् । कार्यक्रम आइतबार डोलेश्वर भिलेज रिसोर्टमा अधिवेशन सम्पन्न भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार