क्रोएसियन खेलाडी लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी घोषित


  • Frontline Nepal

असोज ९,काठमाडौँ । क्रोएसियन खेलाडी लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक वर्ष प्रदान गर्ने ‘फिफा द बेस्ट अवार्ड’ जित्दै मोडरिचले आफू विश्वकै उत्कृष्ट भएको प्रमाणित गरे ।

रसियामा गत जुलाईमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका मोडरिच पहिलो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राती भव्य समारोहकाबीच भएको फिफा बेस्ट अवार्ड सेरेमोनीमा ३३ वर्षिय मोडरिचले रियलका पूर्व सहकर्मी हाल युभेन्ट्स क्रिस्टियानो रोनाल्डो र लिभरपुलका इजिप्टियन मेसी मोहम्मद सलाहलाई पछि पारे ।

मोडरिचले २९.०५ प्रतिशत मत प्राप्त गर्दा रोनाल्डोले १९.०८ र सलाहले ११.२३ मत प्राप्त गरे ।  विश्वभरका राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक सेलेक्टेड मिडिया पर्सन र फ्यानहरुले अनलाइनमा गरेको भोटिङको आधारमा विजेता छनोट गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट