गीत छायाँकनसँगै चलचित्र ‘बादशाह जुट’ को छायाँकन सकियो


  • Frontline Nepal

असोज ९, काठमाडौँ । चलचित्र ‘बादशाह जुट’ को छायाँकन सकिएको छ । सोमबार ललितपुरको श्रीकाली मन्दिरको चौरमा चलचित्रको एक गीत छायाँकनसँगै  चलचित्र सकिएको हो ।

चलचित्रको इन्डक्याप गर्दै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको थियो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर चलचित्र पौष १३ गते देखि सार्वजनिक प्रदर्शनमा ल्याइने निर्माण युनिटले जानकारी दिए ।

भोजराज श्रेष्ठ निर्माता रहेको चलचित्र दुई राजाको कथामा निर्माण भएको हो ।  सुशील श्रेष्ठ, अमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा प्रियंका कार्कीको विशेष भूमिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट