ला लिगामा रियल र बार्सा दुबैको खेल आज


  • Frontline Nepal

सुजन चालिसे, काठमाडौँ, असोज १० । स्पेनिस ला लिगामा आज राति रियल म्याड्रिड र बार्सिलोना दुबै स्पेनिस महारथिका खेल रहेको छ । आज डिफेन्डिङ च्याम्पियन बार्सिलोना आफ्नो अवे खेलको लागि लेगानेस पुगेको छ । त्यस्तै रियल म्याड्रिड पनि अवे खेलकै निम्ति सेभियाको मैदानमा पुगिसकेको छ ।

 

समान पाँच खेलेका दुबै टिमले चार खेलमा जित र एक खेलमा बराबरी खेलेर समान १३ अंक जोडेका छन् । आजको खेल जित्दै लिगमा अग्रता कायम गर्नु दुबै टिमको लक्ष्य हुनेछ । समान अङ्क जोडेको भएतापनि गोल अन्तरका आधारमा बार्सिलोना लिगको शिर्ष स्थानमा छ ।

आजको खेल जितेमा दुबै टिमको खातामा समान ३ अंक जोडिने छ । समान ५ खेल खेलेका दुबै टिम एक खेल बढि खेलेर ११ अंक जोडेको एत्लेटिको म्याड्रिड भन्दा २ अंकले अगाडि रहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार