एसिया कप – पाकिस्तानलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश


  • Frontline Nepal

असोज ११, काठमाडौं । युएईमा भइरहेको एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिष्पर्धा हुने भएको छ । सुपर फोर राउण्ड अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो।

मुस्फिकर रहिमको ९९ रन तथा मुस्ताफिजुर रहेमानको ४ विकेट मद्दतमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले सात बल अगावै अलआउट हुँदै २३९ रन बनाएको थियो। जवाफमा पाकिस्तानले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो।

बंगलादेशका लागि रहिमले सर्वाधिक ९९ रन बनाए। मोहम्मद मिथुनले ६० रन जोडे। पाकिस्तानका जुनैद खानले ४ तथा साहिन अफ्रिदी र हसन अलीले २-२ विकेट लिए।

पाकिस्तानका लागि इमाम उल हकले ८३ तथा आसिफ अलीले ३१ रन बनाए। बंगलादेशलाई जित दिलाउन रहेमानले ४ तथा मेहदी हसन मिराजले २ विकेट लिए।

प्रतिक्रिया
सम्बन्धित समाचार