साफ यू-१८ वुमन्स च्याम्पियनसिप – नेपाल र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदै


  • Frontline Nepal

असोज १२, काठमाडौँ  ।  भुटानमा आज देखि साफ यू-१८ वुमन्स च्याम्पियनसिप सुरु हुँदैछ । पहिलो खेलमा आज नेपाल र पाकिस्तानबीच भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा प्रतिष्पर्धा हुनेछ ।

खेल स्थानिय समयअनुासर बेलुका ७ बजे सुरु हुनेछ। समूह बी मा नेपाल र पाकिस्तानसँगै बंगलादेश पनि छ । यस्तै आजै समूह ए मा रहेका आयोजक भुटान र भारतबीच ४ बजे उद्घाटन खेल हुँदैछ। समूह बी मा माल्दिभ्स पनि छ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। दक्षिण एसियाली फुटबल महासंघ साफले पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो।

च्याम्पियनसिप सुरु हुनुअघि बिहीवार भएको प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक हरिओम श्रेष्ठले विगत दुई महिनादेखि नेपालले यस प्रतियोगिताको लागि राम्रो तयारी गरेको बताए। यस्तै नेपालका कप्तान सरु लिम्बुले प्रतियोगिता जित्ने लक्ष्य रहेको बताइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट