फ्राइडे रिलिज – कथा काठमाडौँ’, ‘अनुराग’, ‘छिरिङ र बलिवुड फिल्म सुइधागा


  • Frontline Nepal

असोज १२, काठमाडौँ  ।  फ्राइडे रिलिजअन्तर्गत शुक्रबारबाट ३ नयाँ नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् – ‘कथा काठमाडौँ’, ‘अनुराग’, ‘छिरिङ’ । यी सबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

यद्यपी देशभरका चलचित्र भवन यी ३ चलचित्रले मात्र पाउने छैन । अघिल्लो साता रिलिज भएका मध्य ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रले पनि केही स्टेशन अझै कब्जा गरेको छ ।

‘कथा काठमाडौँ’

संगीता श्रेष्ठले निर्देशन गरेको ‘कथा काठमाडौं’ लाईफ स्टाईल र क्राईम जनरामा बनेको छ । अन्तरंग दृश्यका कारण चर्चा र बिवादमा रहन सफल यो चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, अयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइराला लगायतको अभिनय देख्न सकिन्छ ।

निर्देशक संगीता आफैले चलचित्र लेखेकी हुन् । विजय राईको निर्माणमा तयार भएको यो चलचित्र तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो ।

अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत दिएका छन् ।

‘अनुराग’
सत्यराज चौलागाईं निर्देशित फिल्ममा संचाकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमको मुख्य अभिनय छ। फिल्ममार्फत एलिजा र कलाकार समुन्द्र पण्डितले डेब्यू गरेका छन्। सत्यराजका लागि पनि डेब्यू निर्देशकिय फिल्म हो।

एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल, राजाराम पौडेल, रुपा राना, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायत कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । पत्रकार ऋषीराज धमलाले यसलाई निर्माण गरेका हुन् ।

‘छिरिङ’
गायक यस कुमार निर्देशित ‘छिरिङ’ फेमिली ड्रामामा आधारित छ । निमा रुम्बा, कामना भुजेल तथा निर्देशक स्वयम् चलचित्रको मुख्य कलाकारको भूमिकामा छन् ।

चलचित्रले आर्य र मङ्गोल समुदायको द्वन्द्वको कथा समेटेको निर्देशक यश कुमारले बताए । ‘छिरिङ’ मार्फत गायक निमा रुम्बा एक दशकपछि ठूलो पर्दामा फर्किएका छन् ।

सुइ धागा

त्यस्तै बलिउड फिल्म ‘सुई धागा’ पनि यो साता प्रदर्शनमा आएको छ। कमेडी विधामा बनेको यस फिल्मलाई शरत कटारियाले निर्देशन गरेका हुन्। फिल्ममा वरुण धवन र अनुष्का शर्माको मुख्य अभिनय छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट