
सुजन चालिसे – काठमाडौँ, असोज १३ । स्पेनिस ला लिगामा आज राति रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्दैछन । उपाधि दाबेदार मानिएका दुबै टिम आजको खेल जित्दै महत्वपूर्ण ३ अङ्क जित्ने दाउमा छन् । तर रियल म्याड्रिडलाई भने आफ्नो भरपर्दो लेफ्ट व्याक मार्सेलो गुमाउनुको पीर परेको छ । गएको सेभिया सँगको ३–० को हार भएको खेलमा मार्सेलो चोटग्रस्त बनेका थिए ।
समान ६ खेल खेलेर क्रमश १३ र ११ अङ्क जोडेको रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड दुबै आज जित निकाल्ने पक्षमा छन् । गत स्पेनिस सुपर कपको खेलमा रियल एट्लेटिकोसँग ४–२ ले पराजित भएको थियो । त्यस खेलको बदला लिने पक्षमा पनि आज रियल हुनेछ ।
रोनाल्डोको बहिर्गमन पश्चात केहि समय सन्तुलित देखिएपनि गत खेलमा सेभियासँग भोग्नुपरेको हारपछि रियल प्रशिक्षक जुलेन लोपेटेगुई को परीक्षा सुरु भएको अनुमान गरिएको छ । अब उनले टिमको सन्तुलन कसरि मिलाउन सक्नेछन् त्यसले उनको र रियल म्याड्रिडको भविष्य तय गर्नेछ ।