फिल्म ‘२.०’ ऐश्वर्या राय को होला त इन्ट्री ?


  • Frontline Nepal
असोज १४, काठमाडौं  । अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ को टिजर रिलिज भइसकेको छ । भारतीय मिडियाका अनुसार, यो फिल्ममा बलिउड अभिनेत्री ऐश्वर्या राय गेस्ट अपियरेन्स गर्दै देखिन सक्नेछिन् । खबरअनुसार, उनको फिल्ममा चिट्टी अर्थात् रजनीकान्तसँग एक इमोसनल सिन हुनेछ ।
उक्त फिल्मको प्रिक्वेल ‘रोबोट’ मा फिमेल लिड रोल प्ले गरिसकेकी ऐश्वर्याको एक इमोसनल सिन ‘२.०’ मा देखाइनेछ । यो सिनमा ऐश्वर्या, चिट्टीसँग विदा माग्दै देखिन सक्नेछिन् । यो फिल्मको हिन्दी टिजरलाई अहिलेसम्म ३ करोड भन्दा बढीले हेरिसकेका छन् ।
यो भारतको अहिलेसम्मकै सबैभन्दा महँगो र एडभान्स फिल्म हुनेछ । यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् । एस.शंकरको निर्देशनमा बनेको फिल्म ‘२.०’ मा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ । फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार