सभापति देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर २८, २०७८

  • काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताउनुभएको छ । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग नगरेको बताउनुभएको हो ।

    “निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, नेता सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेता सिंहले प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने प्रतिबद्धताअनुसार आफूले सभापतिमा देउवालाई समर्थन गरेको बताउनुभयो ।

    उहाँले अन्य खाले अनर्गल भ्रममा नपर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार