अन्तर्राष्ट्रिय फ्रेन्चाइज को नेपाली संस्करणमा अब को बन्छ करोडपति , नायक हमालले होस्ट गर्ने


  • Frontline Nepal

असोज १८,  काठमाडौँ । नेपाली टेलिभिजनमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रममा चर्चित कार्यक्रम कौन बनेगा करोडपति पनि थपिने भएको छ। ‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबीच पनि चर्चित छ। त्यसकैको नेपाली संस्करण हो ‘को बन्छ करोडपति’।

को बन्छ करोडपति राजेश हमालले संचालन गर्नेछन्। होस्ट राजेश हमाल फिचर्ड प्रोमो बिहीवार नै सार्वजनिक गरिएको छ  । कार्यक्रम अर्को महिनाबाट प्रसारणमा आउनेछ। यो एपी वान टेलिभिजनमा प्रसारण हुनेछ । ‘अन्तार्राष्ट्रिय फ्रेन्चाइज भए पनि कार्यक्रममा नेपाली फ्लेवर दिनेछौं,’ संचालक राजेश हमालले भने।

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी मिलिनिअर्स’ को फ्रेन्चाइज संस्करणमा नेपाल १ सय ६१ औं देश हो। ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन हुनेछन्।

नेपालमा यसअघि भारतमा चर्चित भइसकेका आइडल, बुगीउगी, रोडिज् र द भ्वाइसको नेपाली संस्करण भित्रिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार