वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा विराट कोहलीको शतक


  • Frontline Nepal

असोज १९, काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा भारतका कप्तान विराट कोहलीले पनि शतक प्रहार गरेका छन् ।   उनले २३० बलमा १० चौका प्रहार गर्दै १३९ रन बनाए । विराट कोहलीको यो २४ औं शतक हो । उनले टेष्ट क्रिकेटमा ६२८६ रन बनाउँदा १९ अर्धशतक पनि समावेश छ ।

यसअघि पहिलो दिनमै भारतको लागि डेब्यु गरेका पृथ्वीले शतकसहित १३४ रन बनाएका थिए । उनले १५४ बलमा १९ चौकाको मद्दतमा १३४ रन बनाए । भारतका कप्तान विराट कोहली र पृथ्वी शावले शतक बनाएसँगै भारत बलियो स्थितिमा पुगेको छ ।

सौराष्ट्र क्रिकेट एशोसिएशन रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले दोस्रो दिनको खेल चलिरहदा उच्च योगफल तयार पारेको छ । भारतले ६ विकेटको क्षतिमा ५४४ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट